आफ्नै बुवाको हत्या गर्ने एक जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ बैशाख २०,मंगलवार १७:४३

नवलपरासी । आफनो बुवाको हत्या गरेको आरोपमा नवलपरासीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेको प्रहरीले जनाएको छ । बालगोबिन्दलाई सोमबार राति प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो ।

बालगोबिन्दमाथि आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोप छ । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।