जेठ ७ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ । आगामी जेठ ७ गते सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि विभिन्न क्षेत्रहरुलाई समेटेर तयार पारेको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको हो । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने सचिवालयले उल्लेख गरेको छ ।
त्यस्तै सरकारले जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफलको तयारी अघि बढाएको छ । जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रूपमा चल्ने बताइएको छ ।