जुवातास खेल्ने १८ जना पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2017/12/Playing-Cards_Tukhabar.jpg)
काठमाडौं, २ पुस । मुलुकका विभिन्न स्थानबाट प्रहरीले जुवातास खेल्ने १८ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–१७ स्थित डेरा गरी बस्ने .गोदावारी नगरपालिका–३ की ४५ बर्षीया धनकुमारी तामाङको डेराकोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ सहित ८ जनालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ बुक तास र नगद २४ हजार ७ सय रुपैयाँ फेला परेको छ ।
त्यस्तै दाङको बबई गाउँपालिका–४ कन्चनपुर बस्ने बलिराम खत्रीको घरमा जुवातास खेलिरहेको अबस्थामा बबई गाउँपालिका–६ बस्ने ३२ बर्षीय सेबेन्द्र देवकोटा सहित १० जनालाई तास १ गड्डी, कौडा १४ थान र नगद १ लाख ३५ हजार ३ सय ९६ रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।