‘डीभी परेर अमेरिका पुगेकाहरु रद्धिको टोकरीबाट मिल्काइएकाहरु हुन्’–डोनाल्ड ट्रम्प

तु खबर संवाददाता
२०७४ पुष ३,सोमबार १३:१३
तस्बिर–गुगल

एजेन्सी, ३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरुलाई रद्दीको टोकरीबाट निकालिएका मान्छेको संज्ञा दिएका छन् । उनीहरु खराबभन्दा खराब मानिसहरु रहेको समेत उनको दाबी छ ।

सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’

अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत अमेरिका भित्राउँदै आएको छ । स्मरण रहोस् यसरी डीभी चिठ्ठामार्फत अमेरिका पुग्नेको पहिलो नम्बरमा नेपालीहरु रहेका छन् । सन् २०१२ देखि २०१७ सम्मको अवधिमा १६ हजार ७ सय ५५ नेपालीहरु डीभीमार्फत अमेरिका गएका छन् भने डीभी चिठ्ठा कार्यक्रम सुरु भएयता करिव ५५ हजार नेपाली अमेरिका पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*