वंशजमै शंका, बुवाआमा भारतीय–छोरी युरोपेली जस्ती
एजेन्सी, ३ पुस । सामान्यतया आमाबुवासँग सन्तानको मुहार कुनै न कुनै कोणबाट मिलेको जस्तो देखिन्छ । तर यो शतप्रतिशत भने हुबहु हुँदैन । कुनै सन्तान आमाबुवाजस्तो देखिएन भने के होला ? हुन त केही पनि हुँदैन तर भारतमा भने एक छोरीले आमाबुवासँग मुहार नमिलेपछि डिएनए नै परिक्षण गर्नुपर्ने बाध्यतामा परेका छन् ।
बुवा र आमा दुबै भारतीय, तर एक युवतीको वर्ण ठ्याक्कै युरोपेली महिलाको जस्तो देखिएपछि उनी यस्तो गर्न बाध्य भएकी हुन् । उनी जन्मिदा खेरी नै त्यस्तै गोरी थिइन् । हरियो आँखाका नानी, रातो कपाल, गोरो छाला । यी सबै विशेषताका कारण भारतको मुम्बइकी पूजा गणात्रा नामकी युवती निकै सुन्दर देखिन्छिन् तर उनको यो सुन्दरमा नै उनको पिडाको कारण बनेको हो ।
भारतीय बुवाआमाकी यी छोरी शुद्ध भारतीय वंशकी हुन् । तर उनलाई देख्नेहरुले विदेशी भन्छन् । बुवाआमा दुबै भारतीय हुँदा पनि उनलाई किन विदेशीजस्तो भाको भनेर सबैले प्रश्न सोधेर हैरान पार्ने गरेका छन् ।
पूजा नश्लीय टिप्पणीहरुको समेत शिकार हुने गरेकी छिन् । कतिपयले उनका वास्तविक बुवाआमाप्रति समेत आशंका गर्ने गरेका छन् । यी सबै कठिनाई तथा आशंकाबीच गुज्रिरहेका बेला पूजाले डीएनए परीक्षण गर्ने निधोमा पुगेकी हुन् । जसबाट उनको त्यस युरोपेली लूकको राज के हो भन्ने पत्ता लाग्नेछ । साथै उनका बुवाआमामाथिको आशंका पनि हट्ने विश्वास छ ।