गेटन डुगास : पेसेन्ट जिरोको रहस्य, जसले एड्सको सुरुवात गरे
एजेन्सी, ३ पुस । दुनियामा सबैभन्दा पहिले कसलाई भएको थियो एड्स ? यो प्रश्न बेलाबेला तपाईको मनमा पनि उब्जन्छ होला । एड्स कुनै रोग होइन यो शरिरको प्रतिरक्षा प्रणाली कमजोर भएर विभिन्न रोगहरुको लक्षण एकैपटक देखिने अवस्था हो । अहिलेसम्म एड्स रोग निको पार्ने उपचार तथा औषधि पत्ता लागेको छैन । सन १९९८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्वमा एड्स दिवस मनाईने गरिन्छ तर पनि एड्स संक्रमितको संख्यामा अझै कमी आएको छैन ।
आखिर सबैभन्दा पहिले कुन व्यक्तिलाई एड्स भएको पत्ता लागेको थियो त ? अनि के कारणले मानिसमा पहिलोपटक एड्स सरेको थियो ? पेसेन्ट जिरो भनेर चिनिने गेटन डुगासको नाम पनि जोडिन्छ ।
केही शोधकर्ताहरुका अनुसार यो भाइरस गेडन डुगास नामको समलिंगी पुरुषबाट अन्य मानिसमा फैलिएको हो । तिनै व्यक्तिलाई दुनियामा एड्स फैलाउन जिम्मेवार मानिन्छ । ती व्यक्तिका बारेमा सन् १९८० मा पूरा संसारलाई थाहा भएको थियो ।
गेटन पेशाले क्यानडाली हवाई कर्मचारी थिए । उनले अमेरिकाका केही मानिसलाई संक्रमित गर्नका लागि आफुमा रोग रहेको जानीजानी यौन सम्बन्ध राखेका थिए । सोही कारण उनलाइ पेसेन्ट जिरोको नामले पनि चिनिन्छ ।
वैज्ञानिकहरुका अनुसार भने चिम्पान्जीबाट मानिसमा एड्स सरेको हो । सन् १९०८ मा क्यामरुनको जंगलमा एक घाइते चिम्पान्जीले एक सिकारीमाथि आक्रमण गरेर टोकेको थियो । चिम्पान्जीको आक्रमणबाट सिकारीको शरीरमा गहिरो घाउ लाग्यो । घाइते चिम्पान्जीको रगत घाइते सिकारीको शरीरको घाउमा मिसिँदा सिकारीको शरीरमा संत्रमण फैलियो ।
अमेरिकाको सन फ्रान्सिस्कोका डाक्टरहरुले पहिलोपटक यो भाइरस पत्ता लगाएका थिए । त्यसको दश वर्षभित्रमा एड्सबाट अमेरिकामा कम्तिमा ६० हजार मानिसको ज्यान गएको थियो ।