अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी विद्यालयमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणमा पिस्तोल र राइफल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् ।
घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा भने खुलेको छैन । ती आक्रमणकारीले घरमा हजुरआमाको हत्या गरेर स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका थिए । उक्त विद्यालयमा ५०० भन्दा बढी बालबालिकाहरू रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।