मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने
![](https://www.tukhabar.com/wp-content/uploads/2020/09/udhyan-pradhikarn.jpg)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभए आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय गरेको छ । क्यानले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।
क्याले विमान इनरुट (उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो) को मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए ।
प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ । आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।