झलनाथ खनालले भनेः ‘कात्तिकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गरौँ’

तु खबर संवाददाता
२०७९ जेष्ठ १८,बुधबार १८:१७
file-photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले कात्तिक महिनामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नुपर्ने प्रश्ताव गरेका छन् । उनले आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कात्तिकमा संघीय चुनाव गर्न प्रस्ताव गरेका हुन् ।

मंसिरमा चिसो बढ्ने र चुनाव गर्न कठिनाई हुने भएको भन्दै त्यसअघि नै चुनाव गर्नुपर्ने खनालको भनाई थियो । ‘मंसिरमा हिमाली भेगतिर चिसो बढिसकेको हुन्छ, हिउँ पर्न सक्ने भएकोले समस्या हुने खनालले बताए ।

२०७४ मा मंसिर १० र २१ गरी दुई चरणमा संघीय संसद र प्रदेशसभा चुनाव भएको थियो । निर्वाचन आयोगले अन्तिम मतपरिणाम भने फागुनमा मात्रै बुझाएको थियो । गठबन्धन बैठकमा केही नेताहरूले भने प्रतिनिधि सभाको कार्यकाल पूरा हुन दिनुपर्ने बताएका थिए ।