मकवानपुर गोल्डकपः वर्षाका कारण स्थगित बुधबारको खेल आज बिहान हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ २६,बिहीबार ०८:०६
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् बुधबार स्थगित भएको खेल आज बिहान हुने भएको छ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा भइरहेका अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् बुधबारको खेल वर्षाका कारण स्थगित थियो ।

बुधबार स्थगित भएको विजयी युथ क्लब र नव जनजागृती युवा क्लबबीचको खेल आज बिहान ८ः३० बजे हुने मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले जानकारी दिए । उनका अनुसार, बिहीबारका लागि निर्धारित खेल भने तालिकाअनुसार नै दिउँसोको ३ बजेदेखि हुनेछ ।

आगामी ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।