अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार, बिहीबार एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर कायम छ ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुँदै गएको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो ।