मकवानपुर गोल्डकपः विजय युथ क्लब हेटौंडा सेमिफाइनलमा प्रवेश
![](https://www.tukhabar.com/wp-content/uploads/2022/06/football.jpg)
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी मकवानपुर गोल्डकपमा बिहीबार बिहान भएको खेलमा घरेलु टोली विजय युथ क्लब हेटौंडाले शानदार जित हाँसिल गर्दै सेमिफाईनल प्रवेश गरेको छ ।
क्लबले नवजनजागृती युवा क्लव सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी भएको थियो भने दोस्रो हाफको ९ औं मिनेटमा विजयी युथका अमिर श्रेष्ठ, १९ औं मिनेटमा सञ्जोग राई र अतिरक्त समयमा सुनिल घलानले १–१ गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच सुनिल घलान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । योसँगै अब हेटौंडाले फाईनल प्रवेशका लागि जेठ २७ अर्थात शुक्रबार नेपाल पुलिस क्लबसँग भिड्नेछ ।
आगामी ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।