नेपाललाई अमेरिकाबाट २२ लाख मात्रा कोरोना खोप अनुदान

तु खबर संवाददाता
२०७९ असार ६,सोमबार १०:०४
file-photo

काठमाडौं । अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । ती खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ ।