मानव बेचविखन गरेको आरोपमा दुई जना पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/Arrest.jpg)
काठमाडौं । मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भएर झापाको बिर्तामोड नगरपालिका–५ मुर्तिचोक बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा घर भएका १९ वर्षीया सिरिसा सिंह महथा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरुलाई १३ वर्षीया बालिकालाई बेचविखन गर्ने उद्देश्यले विराटनगर–१५ स्थित भन्सार कार्यालय हुँदै ललाई फकाई भारततर्फ लान खोजेको आरोपमा जिल्लाको विराटनगरबाट पक्राउ गरेको हो । उनीहरुलाई साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले असार ५ गते पक्राउ गरेको हो ।
आरोपीहरुमाथि जिल्ला अदालत मोरङबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।