मेयर सा’पको १०० दिन : पत्रकारको अगाडि छर्लङ्ग
बारा, १० पुस । बाराको जीतपुरसिमरा उप–महानगरपालिकाको औराहमा कार्तिक ११ गते आयोजित एक कार्यक्रममा मेयर डा. कृष्ण पौडेलले १०० दिनमा देखिने गरी काम गर्ने बताएका थिए । मेयर पौडेलको भनाईलाई आधार मान्ने हो भने १०० दिन पुग्न अब १० दिन मात्र बाँकी छ । पुस २० गते सबै जनप्रतिनिधिको १०० दिन पुग्न थालेको हो ।
सामान्यतया १०० दिनको कामको प्रगतिको समिक्षा गर्ने प्रचलन छ । जीतपुरसिमरा उप–महानगरपालिकामा पनि मेयर, उप–मेयरसहित २४ वटा वडा अध्यक्षहरुले १०० दिनको कामको प्रगति शार्वजनिक गर्ने तयारी गरेका छन् । उनीहरुले पत्रकारहरुको अगाडि आफुले गरेका कार्यहरु सार्वजनिक गर्न थालेका हुन् ।
मेयर डा. पौडेलले लिएका निति र योजना अनुसार भएका कामको प्रगति विवरण शार्वजनिक गर्न १०० दिनमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । यता, वडा अध्यक्षहरुले पनि प्रगति विवरण शार्वजनीक गर्ने तयारी गरेका छन् ।