रफ्तारमा काम गर्छु – सहरी विकासमन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सपथसँगै पदभार ग्रहण गरेका छन् । सोही क्रममा उनले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । उनले पदको गरिमालाई ख्यालमा राखेर काम गर्ने र पदको दुरुपयोग नगर्ने दावी गरेका छन् ।
छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने बताए । उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।