आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ असार १५,बुधबार ०९:५५

कर्णाली । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले असार १५ गते धान दिवसका अवसरमा सार्वजनिक विदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक विदा दिइएको जानकारी दिएको छ । प्रदेश सरकारको गत चैत्र २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिए ।