युवा व्यवसायी तिवारी र बजगाईंले सञ्चालनमा ल्याए मोवाइल पसल

तु खबर संवाददाता
२०७९ असार २२,बुधबार १९:२६

मकवानपुर । युवा व्यवसायी दीपक तिवारी र गोविन्द बजगाईंले हेटौंडाको बुद्धचोकमा सञ्चालनमा ल्याएको अ ब्रान्डेड मोबाइल सप उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका सभापति बु्द्ध लामाले आज रिबन काटेर पसलको उद्घाटन गरेका हुन् ।

सो अवसरमा सभापति लामाले युवा व्यवसायीहरु मिलेर स्वदेशमै रोजगारी सुरु गरेको भन्दै खुशी व्यक्त गरे । युवाहरुलाई स्थानीय क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्ने सन्दर्भमा कांग्रेसले पहल गरिरहेको स्मरण गर्दै उनले युवाहरुलाई स्वरोजगारमुलक गतिविधि सञ्चालन गर्न आग्रह समेत गरे ।

‘युवाहरु अब रोजगारीको लागि विदेश पलायन हुने भन्दा पनि सानै भएपनि लगानी गरेर स्वरोजगार बन्नु पर्दछ । उनीहरुमा शिप क्षमताको विकास गराउन सरकारले विशेष नीति ल्याउनु पर्दछ ।’ उनले भने ।

व्यवसायी तिवारी र बजगाईंले करिब ५० लाखको लगानीमा पसल संचालनमा ल्याएका हुन् । पसलमा आइफोन र एन्ड्रोएड फोनहरु तथा विभिन्न इलेक्ट्रोनिक सामानहरु पाइनुको साथै मर्मत गर्ने कार्य पनि सुरु गरिएको संचालक तिवारीले बताए ।

उद्घाटन कार्यक्रममा कांग्रेस जिल्ला सहसचिवद्वय ताराचन्द्र बजगाईं र इन्दिरा न्यौपानेलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।