राप्रपा मकवानपुरद्वारा जिल्ला प्रशासनमा धर्ना

तु खबर संवाददाता
२०७९ असार २४,शुक्रबार १८:३४

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले विभिन्न माग गर्दै आज शुक्रबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । राप्रपा मकवानपुरले पेट्रोलिय पदार्थ, बेरोजगार, भ्रष्टाचार एवम् मुल्यवृद्धिलगायत विभिन्न समस्या समाधानको माग गर्दै प्रशासनमा धर्ना दिएको जनाएको छ ।

राप्रपा मकवानपुरका सचिव सागर थापाका अनुसार,  अपराह्न १ घण्टामा प्रशानमा धर्ना दिएको हो । उनीहरुले बेरोजगार, महंगी, भष्टाचार एवम् मूल्यवृद्धि नियन्त्रणको माग गर्दै व्यानर, प्लेट कार्ड समेत प्रदर्शन गरेका थिए ।