जनजाति महासंघ समाजवादीको बागमती प्रदेश अध्यक्षमा स्याङतान

मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा मकवानपुरका राजाराम स्याङतान चयन भएका छन् । स्याङतान नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्यसमेत हुन् ।
स्याङतानको नेतृत्वमा गठन भएको कमिटिको उपाध्यक्षमा चितवनका कुबेरसिहं लामा, काभ्रेका सञ्चित लामा र सिन्धुपाल्चोकका राम प्रसाद दनुवार रहेका छन । त्यस्तै, सचिवमा दोलखाका बिक्कल श्रेष्ठ, सहसचिवमा धादिङका सुर्य घलान, रामेछापका राजकुमार रुम्बा र ललितपुरका अम्बिका श्रेष्ठ छन । कोषाध्यक्षमा भने काठमण्डौका देवराज डंगोल चयन भएको अध्यक्ष स्यांतानले जानकारी दिए ।