नारायणी कलेजको आयोजनामा वृक्षारोपण

तु खबर संवाददाता
२०७९ असार २६,आईतवार १९:२४

मकवानपुर । नारायणी कलेजको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा संचालित सि आशा फाउन्डेसनद्वारा संचालित आशा विशेष पाठशालाको हेटौंडा–६ स्थित आशा घर परिसरमा वृक्षारोपण गरिएको छ । सो क्षेत्रमा १० जातका ७० वटा फलफुलका विरुवा रोपिएको हो ।

वृक्षारोपण कार्यक्रममा एष्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किसन बास्तोला, नारायणी कलेजका निर्देशक मनोज यादव, विश्व फाउन्डेसन नेपाल अध्यक्ष रामप्रसाद पण्डित आशा विशेष पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईं, सि आशा फाउन्डेसनका अध्यक्ष कैलाश न्यौपाने, आशा विशेष पाठशालाको संरक्षक ऎना बार्का न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

वृक्षारोपणको लागि चितवन जिल्ला निवासी हाल अष्ट्रेलियामा रहेका सन्जिव धमलाले आमा सितामाया धमला,चितवनका विनायक पाण्डे, हेटौंडाका सागरराज तिमल्सिना, एलिसा न्यौपाने, नारायणी कलेज, एस्ट्रोनोभा फाउन्डेसन नेपाल, बिश्व फाउन्डेसन नेपाल तथा संगत साकोसलगायतले सहयोग उपलब्ध गराएका थिए ।