५४ लाख ३६ हजार रुपैयाँको कपडा र चिनी बरामद
नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वबाट प्रहरीले अवैध लत्ताकपडा र चिनी बरामद गरेको छ । प्रहरीले सोमबार मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ल २ ख ६३७ नम्वरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबर पर्ने उक्त परिमाणको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको जनाइएको छ ।