सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्पको धक्का
काठमाडौं । नेपालमा आज (सोमबार) बिहानै भूकम्पको धक्का महसुज भएको छ । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर बिहान ६ बजेर ७ मिनेटो समयमा ४.७ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।