हेटौंडा उपमहानगरपालिकाद्वारा ६ विद्यालयलाई ‘सेनेटरी प्याड इन्सुलेटर’ प्रदान

तु खबर संवाददाता
२०७९ श्रावण १४,शनिबार १७:१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ६ वटा विद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर प्रदान गरेको छ । महिनावारीका क्रममा प्रयोग भएको सेनेटरी प्याड व्यवस्थापनमा समस्या भएको भन्दै उपमहानगरपालिकाले शुक्रबार पहिलो पटक ६ वटा विद्यालयलाई प्याड इन्सुलेटर प्रदान गरिएको विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखाका प्रमुख शान्ति बिश्वकर्माले जानकारी दिइन् ।

उपमहानगरपालिकाले हेटौंडा–१ को अमर माध्यमिक विद्यालय, हेटौंडा–४ को भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–६ को बंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक विद्यालय, हेटौंडा–१८ को ज्योति माध्यमिक विद्यालय र हेटौंडा–१९ को निर्मल माध्यमिक विद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिगोटा २ लाख ६० हजार रुपियाँको लागतमा खरिद गरिएको सेनेटरी प्याड इन्सुलेटर हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले विद्यालयका प्रतिनिधीहरुलाई हस्तान्तरण गरेकी हुन् । सामग्री हस्तान्तरण गर्दै प्रमुख लामाले आफुले पैसा नपरेपछि माया कम गर्ने बाँकी सबैमा रहेको बताउँदै त्यस बाँकीलाई हटाई प्याड इन्सुलेटरलाई सदुपयोग गर्ने आग्रह गरिन् ।