बाघझोरामा आएको बाढीले त्रिभुवन राजपथ अवरुद्ध

तु खबर संवाददाता
२०७९ श्रावण १७,मंगलवार ११:२४

मकवानपुर । सोमबारदेखिको अविरल बर्षाका कारण त्रिभुवन राजपथ अन्तरत हेटौंडा–भैंसे सडकखण्डमा पर्ने बाघझोरास्थित खहरेमा बाढी आउँदा यातायात सेवा अवरुद्ध बन्न पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहान विहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौंडादेखि संघीय राजधानी काठमाडौँसम्म आवातजावत गर्ने यात्रुहरु समस्यामा परेका छन् । सो स्थाना तथा ठूला सवारी साधनहरु सडकमा लाम लागेका छन् ।

बाघझोरासँगै भैंसेदेखि भीमफेदीसम्मको सडकखण्डमा पनि विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यातायात सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हाल यातायात सेवा अवरुद्ध हुँदा हेटौंडा काठमाडौँ मात्रै नभई दामन पालुङ,सिखरकोट मार्खुसम्मको यातायात सेवा पनि अवरुद्ध बनेको हो । मकवानपुरका सोमबारदेखि लगातार वर्षा भइरहेको छ । बाघझोरा क्षेत्रमा पुल बनाउने विषयमा समय समयमा चर्चा हुने गरेको भएपनि हालसम्म यस विषयमा सम्बन्धित निकायले चासो सो क्षेत्रमा वर्षायाममा नागरिकहरुले सास्ती खेप्दै आएका छन् ।