थाइल्यान्डको नाइटक्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौं । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगोलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार १ बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो । आगलागीको कारण खुलेको छैन । एक तल्ले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेको भएपनि घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।