बिजुली सर्ट भई आगलागी हुँदा आमाछोरी घाईते

भोजपुर, १३ पुस । भोजपुरको पौवादुम्मा–३ मोरिया बस्ने पर्शुराम श्रेष्ठको फुसको छानो भएको घरमा मंगलबार बिजुलीको तार सर्ट आगलागी हुँदा नगद ६० हजार, चाँदी २ तोला, लत्ताकपडा, भाँडावर्तन, अन्नपात, अन्य जिन्सी मालसामान लगाएत घर पूर्णरुपमा जलेर करीव ६ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
साथै उक्त आगोले जलेर निज पर्शुराम, उनकी श्रीमती २९ वर्षीया देवीमाया श्रेष्ठ र छोरी ८ महिनाकी नमिना श्रेष्ठ सामान्य घाइते भएका छन् । स्थानियबासीको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।