हेटौंडामा विद्यालय स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/cricket.jpg)
मकवानपुर । मकवानपुरको हेटौंडामा जिल्ला स्तारीय विद्यालय तहको टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी भदौ २५ गतेबाट हेटौंडामा नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको मकवानपुर जिल्ला क्रिकेट संघले जानकारी दिएको छ ।
मकवानपुर क्रिकेट संघका पुर्व कप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतीमा क्रिकेट प्रतियोगिता गर्ने अनौपचारिक निर्णय भएको संघका कार्यवाहक सचिव विनोन बानीयाँले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।