गृहमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, सुरक्षा अवस्ताबारे छलफल

तु खबर संवाददाता
२०७९ भाद्र ८,बुधबार १८:४३

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् । सुरक्षा संगठनहरुले पेश गरेको सुरक्षा योजनाका आधारमा केन्द्रिय सुरक्षा समितिले एकीकृत सुरक्षा योजना बनाएर लागू गर्ने कानुनी प्रावधान छ ।