मकवानपुर–२ बाट चुनाव लड्न राजाराम बर्तौलाको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ भाद्र २२,बुधबार १६:५१
file-photo

मकवानपुर । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नम्वर–२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलाको नाम पसफारिस गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर–२ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाउन महामन्त्री बर्तौलाको नाम सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर –२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले बताए । साथै बैठकले प्रदेशको प्रत्यक्ष उम्मेदवारको रुपमा विभिन्न व्यक्तिहरुलाई सिफारिस गरेको छ ।

बैठकले प्रदेशसभा तर्फ मकवानपुर –१ (क) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न नेता राजाराम अर्याल, बद्री कुँवर र कमल बिडारीलाई सिफारिस गरेको छ भने मकवानपुर– (ख) बाट प्रत्यक्षतर्फ चुनाव लड्न नेता दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ र अर्जुन ढुंगानालाई सिफारिस गरेको छ ।

सैगरी मकवानपुर–२ (क)बाट प्रत्यक्षतर्फ चुनाव लड्न नेता राधाकृष्ण विष्ट, सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन् भने मकवानपुर –२ (ख ) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न नेता बैकुण्ठ सुवेदी, रामु रिजाल र सरोज गुरागाँई लाई सिफारिस गरेको छ ।

सबै क्षेत्रका समानुपातिक तर्फ भोलि बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिए । यसअघि नै मकवानपुर –१ बाट पार्टी अध्यक्ष कमल थापालाई जिल्ला समितिले एकल सिफारिस गरिसकेको छ ।