सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने क्यानको तयारी

तु खबर संवाददाता
२०७९ भाद्र २३,बिहीबार १६:२७
file-photo

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो ।

क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । सन्दिपमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।

सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी गर्ने तयारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।