जलचर प्राणीको संरक्षणका लागि समिति गठन

तु खबर संवाददाता
२०७९ भाद्र २६,आईतवार १८:४६

मकवानपुर । मकवानपुरमा जलचर प्राणीको संरक्षण तथा सम्वद्र्धनका लागि समिति गठन गरिएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् समिति गठन भएको जानकारी दिइएको हो ।

समितिको संयोजकमा विनोद महत, सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा कपिल खड्का, गणेशकुमार खड्का, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहेका छन् । अभियानको संरक्षकमा भीमसेन महत तथा सल्लाहकारमा नरहरि महत रहेका छन् ।

समितिले योजनावद्धरुपमा विज्ञसँग सल्लाह र सहकार्य गरेर काम गर्ने बताइएको छ । समितिका संरक्षक भीमसेन महतले नदीनाला, खोल्साखोल्सी लगायतका पानीका स्रोतहरु रहेको स्थानमा पुरानै अवस्थामा फकाई वातावरणीय सन्तुलन कायम गर्न, पानीको शुद्धिकरणमार्फत् मानवलाई स्वस्थ बनाउनको लागि जलचर प्राणीहरुको संरक्षण तथा संवद्र्धनको अभियान सुरु गरिएको जानकारी दिए ।

माछा मार्ने कार्य ठेक्का लगाउन बन्द गर्नुपर्ने, विष वा करेन्ट प्रयोग गरी माछा मार्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, नदी नालामा फोहोर फाल्ने वा सेफ्टी ट्यांकी मिसाउनेलाई समेत कारवाही गर्नुपर्ने मागसहित अभियान चलाइने महतले बताए ।

हाम्रो पहिलो अभियान भनेको सचेतना गर्ने हो त्यसपछि चेतनाको विकास गर्दै जल, जमिन र प्राणीको अध्ययन अनुसन्धान गर्छौँ, महतले भने । सोही अभियान अन्र्तगत मकवानपुरका सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउनुका साथै प्रहरी र प्रशासनलाई पनि झक्झक्याउने महतको भनाई छ ।