हेटौंडाबाट बरामद गरिएको खान अयोग्य माछा नष्ट
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे प्रहरी चेकपोष्ट बरामद गरिएको खान अयोग्य माछा बुधबार नष्ट गरिएको छ ।
मकवानपुर प्रहरी र चितवन माछा व्यवसायी संघको संयुक्त टोलीले असोज ३ गते बरामद गरेको ८० किलो खान अयोग्य माछा प्रहरी चौकी रातोमाटेको पछाडी रहेको जंगलमा खाल्डो खनी नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्राविधिक प्रदिप सापकोटो जानकारी दिए ।
उनका अनुसार, भारतबाट नेपालको विभिन्न स्थानमा लैजाने क्रममा चितवनका माछा व्यवसायीको गैरकानूनी तथा भन्सार छली ल्याएको दुई वटा थमकल बट्टा पंगास माछा बरामद गरी नष्ट गरिएको हो ।
उक्त माछा मत्स्य व्यवसायी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुर, माछा व्यवसायी संघ चितवनका श्यामकृष्ण श्रेष्ठ, प्रहरी चौकी रातोमाटेका प्रहरी र पत्रकारहरुको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ ।