दशैंमा यातायातको सहज व्यवस्थापन गर्न समिति गठन

तु खबर संवाददाता
२०७९ आश्विन ७,शुक्रबार १७:४८

काठमाडौं । चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ ।

समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, प्रहरीका डीआईजी बसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएको बेला भइरहेका सडक दुर्घटना न्यूनिकरणका गर्न समिति बनाउन प्रस्ताव गरेका थिए ।