सम्पादक अधिकारीलाई भर्सटाइल जर्नालिस्ट अवार्ड
काठमाडौं । तु खबर डटकमका सम्पादक गिरिजा अधिकारी काठमाडौंमा आयोजित एक कार्यक्रममा भर्सटाइल जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतमा भएको कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पादक अधिकारीलाई अवार्डबाट सम्मानित गरेका हुन् ।
करीव दुई दशकअघिदेखि पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा विभिन्न जिम्मेवारीमा रही पत्रकारिता मार्फत् राष्ट्रलाई योगदान दिएको भन्दै सिजन मिडियाले भर्सटाइल जर्नालिस्ट अवार्डबाट सम्मानित गरेको जनाएको छ ।
सम्पादक अधिकारी यसअघि जनसेवा श्री विभुषण, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पु्रस्कार, सूचनाको हक सम्बन्धी पुरस्कार, क्रियाशील युवा पत्रकारिता पुरस्कारलगायत दर्जनौ पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसकेका छन् ।
एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ संयुक्त अरव इमिरेट्सको दुबईमा सेप्टेम्बर २९ मा आयोजना गरिएको थियो । सोही कार्यक्रममा दिइने अवार्ड अधिकारी उपस्थित नभएपछि काठमाडौंमा प्रदान गरिएको हो । सो कार्यक्रम नपुगेकाहरुलाई काठमाडौंमै कार्यक्रम गरी अवार्ड प्रदान गरिएको संस्थाका अध्यक्ष वन्तले बताए ।
यसैगरी काठमाडौंमा आयोजित कार्यक्रममा उद्यमी प्रदीपकुमार श्रेष्ठलाई आइकोनिक इन्डस्ट्रियल अफ नेपाल अवार्ड, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेललाई सीईओ अफ दि इयर, अक्षरा स्कुलका प्रिन्सिपल अन्जु भट्टराईलाई स्कुल प्रिन्सिपल अफ दि इयर अवार्ड प्रदान गरिँदा भेट्रान स्पोर्ट पर्सनालिटी अवार्डबाट अशोककुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।
यस्तै, मनिस जोशीलाई स्पोर्ट लिडरसिप अवार्ड, कृष्णराज तिमिल्सिनालाई युथ फेशन इन्टरप्रेनियर अवार्ड, बमवहादुर ढुङ्गेललाई डिजिटल मार्केटिङ एक्सप अवार्ड , मिनु थापालाई ब्युटी एजुकेटर अवार्ड, उत्कृष्ट सांस्कृतिक कार्यक्रम सञ्चालका रूपमा नेप्लिज फेसन होमकी सन्चालिका हेमा मानन्धरलाई सम्मान गरिएको छ ।
यस्तै, भर्सटाइल सिङ्गर अफ द इयरबाट पोखराका वरिष्ठ संगीतकर्मी विनोद बानियाँलाई प्रदान गरिएको छ भने भर्सटाइल जर्नालिस्ट अफ द इयरबाट पत्रकार गिरिजा अधिकारी, ह्युमन रिर्सोस एकसिलेन्स अवार्डवाट रिलाइनस स्प्रिङ इटहरीका मानव शंसाधन प्रमुख महेश कुमार पोखरेललाई सम्मान गरिएको छ ।