थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टीजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, थप २० जना सङ्क्रमणमुक्त पनि बनेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४९१ पुगेको छ । यही अवधिमा ४१ हजार २४४ ले खोप लगाएका छन् ।