ईपीएस परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक

तु खबर संवाददाता
२०७९ मंसिर २,शुक्रबार १७:५५
file-photo

काठमाडौं । कोरियन भाषा (ईपीएस) परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा शुक्रबार सार्वजनिक भएको छ ।

गत भदौं २० गतेदेखि कात्तिक २१ गतेसम्मको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार, ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । १४ हजार ४३ जना सहभागी भएको परीक्षामा ८ हजार ७८५ जनामात्रै उत्तीर्ण भएका हुन् ।

ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनुपर्ने जानकारी दिएको छ ।