यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०७९ मंसिर ९,शुक्रबार ०८:०४
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३० रूपैयाँ ९२ पैसा, युरो एकको खरिद दर १३५ रूपैयाँ ८७ पैसा र बिक्री दर १३६ रूपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८२ पैसा र बिक्री दर १५८ रूपैयाँ ५४ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५४ पैसा र बिक्री दर ३५ रूपैयाँ ७० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।