मधेश प्रदेशमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ मंसिर १२,सोमबार ०९:०४

वीरगञ्ज । मधेस प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएका हुन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।