विश्वकप अन्तरगत आजबाट समूह चरणको अन्तिम खेल हुँदै
![](https://www.tukhabar.com/wp-content/uploads/2022/11/World-cup.jpg)
काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछ । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।
आज विभिन्न चार खेलहरू हुँदैछ । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’ को २/२ खेलहरू हुनेछन् ।
आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम दुई खेलहरूमा इरानले अमेरिकासँग खेल्दैछ । सोही समयमा हुने अर्को खेलमा इङ्ल्यान्डले वेल्ससँग खेल्नेछ ।