विश्वकपमा आज समूह ‘सी’ र समूह ‘डी’ का २/२ खेल हुँदै
काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार विभिन्न चार खेलहरु हुँदैछ । आज समूह ‘सी’ र समूह ‘डी’ का २/२ खेलहरु हुन लागेका हुन् ।
आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।
आज हुने दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्यान्डसँग खेल्नेछ । यसै समयमा हुने अर्को खेलमा साउदी अरब र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।
समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । समूह ‘सी’ मा पोल्यान्ड २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । अर्जेन्टिना र साउदी अरेयिबा समान ३–३ अंक जोडेर क्रमस दोस्रो र तेस्रो स्थानमा रहँदा मेक्सिको तालिकाको पुछारमा छ ।