मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २३,शुक्रबार १५:३८

कास्की । पोखरा–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा–१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार, मुटुसम्बन्धी बिरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी उनी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् । उनको तत्कालै मृत्यु भएको हो ।

अस्पताल प्रशासन र पीडित परिवारबीच अहिले वार्ता चलिरहेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।