एसियन च्याम्पियनसिपका लागि नेपालका ६ खेलाडी छनोट

तु खबर संवाददाता
२०७९ मंसिर २५,आईतवार ०८:२२

काठमाडौं । एसियन टेबलटेनिस च्याम्पियनसिपको लागि ६ जना नेपाली खेलाडी छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् ।

छनोट हुनेमा पाँच जना पुरुष र एक जना महिला खेलाडी रहेका छन् । पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए भने महिलातर्फ नेपाल वरियता एककी नविता श्रेष्ठ मात्रै सफल भएकी हुन् ।

एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।