विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ पुष ३,आईतवार १५:३५
सांकेतिक तस्बिर

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले रहेका छन् ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता ९एसपी० कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।