गुठीसम्बन्धी ऐन तर्जुमा गर्न समिति गठन

तु खबर संवाददाता
२०७९ पुष ५,मंगलवार ०८:४९
file-photo

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव एवम् जग्गा व्यवस्थापन महाशाखा प्रमुख पदमानिधि सोतीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।

मन्त्रीस्तरीय निर्णयानुसार गठित समितिमा गुठीका जानकारद्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव गुणराज श्रेष्ठ, जग्गा प्रशासन शाखा प्रमुख उपसचिव काजीबहादुर विष्ट र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य रहेका छन् ।

सर्वोच्च अदालतको विसं २०६४ माघ १० गतेको आदेशमा गुठी ऐन खारेज भएपछि नयाँ ऐन मस्यौदा गर्न समिति गठन गरिएको हो ।