राजेन्द्र पाण्डेले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने
![](https://www.tukhabar.com/wp-content/uploads/2022/05/rajendra-pandey-e1653818802889.jpg)
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् ।
मुख्यमन्त्री पदबाट राजीनामा नगरी प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ । पाण्डेले आज प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा पत्र बुझाउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ । पाण्डेले २०७८ कार्तिक ११ गतेदेखि प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।