प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

तु खबर संवाददाता
२०७९ पुष ११,सोमबार १७:२०

काठमाडौं । उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथीमा पदोन्नति भएका सहायक रथी सुशील कुमार भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।