बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
तनहुँ । तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडकखण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नम्वर ३–०१–००६ ख ०९२४ नम्वरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
बसको ठक्करबाट स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई तत्कालै दमौली अस्पताल पुर्याइएको मियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिया तनहुँको भानु नगरपालिका १३ समजपुर बस्थे । बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीेले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।