नाबालिग बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०७९ पुष १८,सोमबार ०८:०७
सांकेतिक तस्बिर

बारा । बाराको निजगढ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक एक नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार, वडाध्यक्ष श्रेष्ठमाथि एक नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसँगै फरार रहेका उनलाई आईतबार पक्राउ गरेको हो ।

आइतबार राति करिब ८ः३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन् । श्रेष्ठ गत बैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।