प्रचण्डले विश्वासको मत लिंदै, मत विभाजनका आधारमा मतदान हुने

तु खबर संवाददाता
२०७९ पुष २६,मंगलवार १७:१३

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ ।

ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका छन् ।

मत विभाजनका लागि संसदमा पक्ष र विपक्षमा रहेका सांसदहरूलाई फरक–फरक स्थान छुट्याइएको छ ।